0
प्रतिक्रिया
पोखर । कृषि ज्ञान केन्द्र कास्कीले उत्कृष्ट चार कृषकलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने कृषकमा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाल छन् । उनीहरुलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो ।
कृषकलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव तिवारी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देललगायतले पुरस्कृत गरेका हुन् ।
जिसस कास्की प्रमुख पौडेलले कृषिको आधुनिकीकरण र व्यावसायीकरण जरुरी रहेको बताए । त्यसको सकारात्मक प्रभाव पनि देखिएको भन्दै अझ प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए । उत्पादन बढे पनि बजारको समस्या देखिएको उनले बताए ।
रुपा गाउँपालिकाका प्रमुख ओझाले कृषि ज्ञान केन्द्रले पालिका स्तरको कार्यक्रम गरिरहेकोप्रति असन्तुष्टि जनाए ।
कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले कार्यालयले ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिए । उनले कास्की खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा अघि बढिरहेको दाबी गरे ।
उनले फलामका भन्दा बाँसका टनेल सस्तो र बालीमैत्री देखिएकाले त्यसको प्रयोगमा जोड दिने गरिएको उल्लेख गरे ।
Copyright © 2024 | All rights reserved.