0
प्रतिक्रिया
पोखरा । पोखरास्थित सिद्धार्थ क्लबले आयोजना गरेको कपडाको झोला बनाउने तालिम सम्पन्न भएको छ । तालिममा १६ जना महिला सहभागी थिए ।
समापन कार्यक्रममा क्लब अध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलालाई स्वरोजगारमा लाग्न र आर्थिक रुपमा आत्मनिर्भर बन्न सघाउने दावी गरे ।
कार्यक्रम संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न आग्रह गरिन् । थप तालिमको व्यवस्थाका लागि आफूले पहल गर्ने उनले प्रतिवद्धता जनाइन् ।
प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै इच्छुक महिलालाई उद्यमशील बनाउन आफ्नो पूर्ण सहयोग रहने बताइन् ।
कार्यक्रम सहभागी भदु कुँवरले तालिममा सिकाइएका सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाइन् ।
Copyright © 2024 | All rights reserved.