साउन ०३, २०८२, शुक्रबार

विद्यार्थीको छात्रवृत्ति र शुल्कबारे नेविसंघद्वारा पोखरा महानगर शिक्षा महाशाखाको ध्यानाकर्षण


clock icon 11 hours, 26 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले विद्यार्थीको छात्रवृत्ति, भर्ना र महिना शुल्कका सम्बन्धमा पोखरा महानगरपालिका शिक्षा महाशाखाको ध्यानाकर्षण गराएको छ । 

संघका अध्यक्ष विपिन पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी यस विषयमा शिक्षा महाशाखाको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष पौडेलले विज्ञप्तिमार्फत तीन बुँदे मागसहित महाशाखाको ध्यानाकर्षण गराउँदै माग संवोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्  । 

उनले पोखरा महानगरभित्रका सम्पूर्ण विद्यालय र क्याम्पसले कुल विद्यार्थीको १० प्रतिशत जेहेन्दार र गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र छात्रवृत्ति प्रदान गरेका विद्यार्थीको विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

अध्यक्ष पौडेलले एक पटक भर्ना शुल्क तिरेर भर्ना भएका विद्यार्थी सोही विद्यालयमा अर्को नयाँ शैक्षिक सत्रमा भर्ना हुँदा पुनः शुल्क नलिन र विद्यालयमा अतिरिक्त क्रियाकलापको बहानामा विद्यार्थीसँग कुनै पनिशुल्क नलिन आग्रह गरेका छन् ।

नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको भनेको स्मरण गराउँदै उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यही अनुसार बनेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ तर सामुदायिक विद्यालयमा विद्यार्थीसँग लिने गरेको भर्ना शुल्क बन्द गरी महिनावारी लिने शैक्षिक शुल्क पनि बन्द गरियोस् ।’

आफूहरुका मागहरु सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रम तय गरिने र आवश्यक परे महानगरभित्रका विद्यालय बन्दसमेत गरिने नेविसंघको चेतावनी छ । 

यस्तो छ विज्ञप्ति

Copyright © 2024 | All rights reserved.