साउन ०३, २०८२, शुक्रबार

मैले हुन्न भनेपछि विवादमा तानियो: मन्त्री अधिकारी


clock icon 9 hours, 10 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गरिएको बताए ।

उनले भने, 'आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्, कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ, अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन्, मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ, जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन्, सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।'

मन्त्री अधिकारीले पोखराबाट सुरुवा भएका मालपोत अधिकृतले पनि सरुवाका लागि कुनै पहल नगरेको उनले बताए ।  

उनले जस्तै पुरानो कुरा ल्याएर मेरो र मेरो परिवारको चरित्र हत्या गर्न खोजिएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.