0
प्रतिक्रिया
पाेखरा । इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ ।
अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।
इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् ।
यो मल पाँच दिन अघि मात्र खोलिएको थियो । बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
सरकारले घटनापछि देशमा तिन दिनको शोकको घोषणा गरेको छ भने आगलागीको कारण पट्ट लगाउन आयोग गठन गरेको रिपोर्टमा उल्लेख छ । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.