साउन ०३, २०८२, शुक्रबार

श्रीलंकाविरुद्ध नेपालको शानदार जित


clock icon 7 hours, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। नेपाल श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरेका थिए । जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो ।

यसअघि नेपालले श्रीलंकालाई ७-० गोल अन्तरमै पराजित गरेको थियो । त्यस्तै भुटानलाई ६-१ ले पराजित गरेको थियो भने बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

यो जितपछि नेपालले ४ खेलमा ९ अंक भएको छ र बंगलादेशको पनि ३ खेलमा ९ अंक रहेको छ । त्यसैगरी श्रीलंकाले भने प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।

यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

Copyright © 2024 | All rights reserved.