साउन ०३, २०८२, शुक्रबार

पोखराका ढुंगानाद्वारा कांग्रेस परित्याग


clock icon 5 hours, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ता कृष्णप्रसाद ढुंगानाले पार्टी परित्याग गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३१ बेगनासताल निवासी ढुंगानाले सोमबार कांग्रेसबाट बहिर्गमनको घोषणा गरेका हुन् ।

लामो समयदेखि कांग्रेस पार्टीसँग आबद्ध रहँदै आएका ढुंगानाले पार्टीले नेपालको स्वतन्त्रता, प्रजातन्त्र र समाजवाद स्थापनामा खेलेको ऐतिहासिक भूमिकाको उच्च मूल्याङ्कन गरेका छन् ।   

तर, पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटबन्दी, अनुशासनहीनता, अपमानजनक व्यवहार र असहिष्णु राजनीतिक संस्कारप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

उनी भन्छन्, “मैले पार्टीलाई सधैं धर्मको रूपमा मानेँ, तर पछिल्लो समय पार्टीभित्रको विकृति, विसंगति र अपमानजनक व्यवहार सहन नसक्ने अवस्थामा पुगेको छु ।”

ढुंगानाले आफू कुनै राजनीतिक दलमा नजाने स्पष्ट पारे । अबको समय सामाजिक सेवामा समर्पित रहने इच्छा व्यक्त गर्दै उनले विगतका सहकर्मीप्रति कृतज्ञता प्रकट गरे । 

“यो मेरो लागि सहज निर्णय होइन”, ढुंगानाले भने, “तर आत्मसम्मान, मूल्य र विचारको पक्षमा उभिनु मेरो धर्म हो ।”

Copyright © 2024 | All rights reserved.