0
प्रतिक्रिया
स्याङ्जा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुमकुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले उक्त मुद्दामा २ महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लगि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जनाएको छ ।
Copyright © 2024 | All rights reserved.