साउन ०६, २०८२, सोमबार

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच आज एकता हुदै


Advertisement Image
clock icon 3 days, 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकता हुदैछ ।

राष्ट्रिय सभामा हुने एकीकरणको तयारी पुरा भएको एकीकृत समाजवादीले जनाएको छ । एकता सभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एकतापछि एकीकृत समाजवादीमा अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम रहने गरी सहमति भएको छ ।

Copyright © 2024 | All rights reserved.