0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज शुक्रबार पनि सुनको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलामा दुई सय र चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, बिहीबार प्रतितोला दुई हजार दुई सय ६५ रुपैयाँका कारोबार भएको असली चाँदीको भाउ आज प्रतितोला दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको छ । आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.