0
प्रतिक्रिया
पोखरा । नवलपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका वडा नं ३ भूपतिचोककी ३५ वर्षीया शोभा सिग्देल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय सिग्देलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका वडा नं २ कोलियाका ३५ वर्षीय निशान सिंह ठकुरी, मोटरसाइकल पछाडि बस्ने ३२ वर्षीय सोमबहादुर सोमै र पैदलयात्री ईन्दिरा कोइराला घाइते भएका छन् ।
घाइतमध्ये सामै र कोइरालालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । साथै चालक ठकुरीलाई उपचार पश्चात् नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्री शोभा र ईन्दिरा कोइरालालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
Copyright © 2024 | All rights reserved.