0
प्रतिक्रिया
पोखरा । कास्कीको रुपा गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । सात करोड ८० लाख ५४ हजारको लागतमा भवन निर्माण हुने भएको हो ।
पालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई हुँदै आएको थियो । पालिका भवनको अध्यक्ष नवराज आझाले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।
साथै रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवासमेत शुरुआत गरिएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै रुपाकोट डेन्टल सेवा थप गरिएको अध्यक्ष ओझाले जानकारी दिए । रुपा गाउँपालिका र नेलम्बो नेपालको संयुक्त लगानीमा दन्त सेवा शुरू गरिएको हो ।
यसैगरी, गाउँपालिकाको कार्यालयसम्म पुग्न स्थानीयलाई सहज बनाउने उद्देश्यले गाउँपालिका भित्रै सञ्चालन हुने गरी स्थानीय यातायात सेवा पनि शुरू गरिएको छ ।
सडक सञ्जाल भएर पनि सार्वजनिक यातायातको अभावमा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीको मागअनुसार पालिकाले रुट, समय र भाडादर निर्धारण गरी सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।
अध्यक्ष ओझाले पालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा, सहुलियत दरमा एम्बुलेन्स तथा निःशुल्क दन्त सेवा जस्ता सुविधाको लिन पालिकावासीलाई आग्रह गरेका छन् ।
Copyright © 2024 | All rights reserved.