0
प्रतिक्रिया
पोखरा । धम्पुस घोताने चेलीबेटी समूह पोखराको सम्मेलनले मायाकुमारी गुरुङलाई तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा तिलकुमारी गुरुङ, सचिवमा जगन गुरुङ, कोषाध्यक्षमा लालकुमारी गुरुङ, सहसचिवमा दुर्गाकुमारी गुरुङ, सहकोषाध्यक्षमा मनदेवी गुरुङ छन् ।
यस्तै सदस्यमा विनु गुरुङ, रुद्रकुमारी गुरुङ, सिर्जना गुरुङ, शान्ति गुरुङ, वसन्त गुरुङ, कृता गुरुङ, ममता गुरुङ र राधा गुरुङ रहेका छन् । सल्लाकारमा निवर्तमान अध्यक्ष शान्ति गुरुङ र रसदेवी गुरुङ छन् ।
धम्पुस पोखरी, घलेल, लान्दु्रक, कुदवीडाँडा, बरालडाँडा, घाचोक, लाहाचोकसहित सात गाउँका एक सय २० भन्दा बढी चेलीबेटी समूहलाई अध्यक्ष मायाकुमारीले आफ्ना पति आलेबहादुर गुरुङको स्मृतिमा ५० हजार, छोरीहरू ज्योति गुरुङबाट ५० हजार र उन्नति गुरुङबाट ५० हजार सहयोग जुटाई एक लाख ५० हजार बराबरको एक सय २० वटा साडी प्रदान गरिन् ।
गुरुङ जातिको चालचलनलाई जोगाउँदै सामाजिक विकृति र विसङ्गतिविरुद्ध एकजुट भइ अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चेलीबेटी समूहको कोषलाई आफ्नो कार्यकालमा एक करोड पुर्याउने लक्ष्य राखेको अध्यक्ष मायाकुमारीले जानकारी दिइन् ।
आफ्नो माइती गाउँ र थातथलो छोडेर पोखरामा बसोबास गर्ने चेलीबेटी समूहले समाज सेवा र आफन्तजनको सुखदुखमा साथ दिँदै आएको छ ।
गुरुङ संस्कार, संस्कृति, भाषा, भेषभूषा संरक्षण गर्दै गुरुङ नाच र गीतसङ्गीतमा चेलीबेटीलाई आवद्ध गर्दै आफन्तजनको मृत्यु र शोक कार्यमा मलम पढ्ने परम्परालाई जीवन्त बनाएको सचिव जगन गुरुङले बताइन् ।
समूहले गाइघाट गुम्बामा भवन निर्माण गरेको छ । बुद्ध अर्घौँ सदनलाई एक लाख पाँच हजार नगद सहयोगलगायत हेम्जा गुम्बा, घान्द्रुक गुम्बालाई भौतिक र आर्थिक सहयोग गरी कोषमा ४८ लाख रहेको निवर्तमान अध्यक्ष शान्ति गुरुङले जानकारी दिइन् ।
Copyright © 2024 | All rights reserved.