0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीले शनिबार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको कास्की कांग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भीमनाथ बराल र सदस्य कपिलमणि दाहालले सहजीकरण गरेका थिए ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति शर्मा भट्टराइले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.