0
प्रतिक्रिया
पाेखरा। नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा पूर्णीमा राई र मीना देउवाले ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समीक्षा मगरले एक-एक गोल गरेका थिए ।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ।
नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो ।
त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
त्यसैगरी भुटानले भने ५ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।
यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
Copyright © 2024 | All rights reserved.