असोज ०३, २०८२, शुक्रबार

पोखराको काहुँखोलामा बाढी, कास्कीको लुम्लेमा भारी वर्षा


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको लुम्लेमा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले आज बिहान जारी गरेको एक सूचनामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

यस कारण यस क्षेत्रका साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ । 

यसअघि लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि यस्तै सावधानी अपनाउन आग्रह गरिएको थियो ।

यता, अबिरल बर्षाका कारण पोखरा महानगरपालिका वडा नं १३ काहुँखोलामा बाढी आएको छ । बाढीका कारण आसपासका केही घर जोखिममा परेको बताइएको छ । 

अहिलेसम्म कुनै क्षति नभए पनि जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित रहन भनिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । काँहुखोलाको पुलमा बाढीले पर्खाल भत्काएको उनले बताए । 

Copyright © 2024 | All rights reserved.