0
प्रतिक्रिया
पोखरा । अबिरल वर्षासँगै पहिरो आउँदा पोखरामा एक घर पुरिएको छ ।
पोखरा महानगरपालिका वडा नं २० पिपलडाली टोलस्थित सूर्य बास्तोलाको घर पुरिएको वडाध्यक्ष गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
आइतबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बास्तोलाको ब्लकको घर बस्नै नमिल्ने गरी पुरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
भौतिकबाहेक अन्य क्षति नभएको उनको भनाइ छ ।
यता, पोखरा-१३ काहुँखोलामा बाढी आएको छ । बाढीले ड्याम भत्काए पनि मानवीय क्षति नभएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
नहरमा बहाव बढ्दा स्थानीय दीपा लामाको घरमा क्षति पुगेको वडाध्यक्ष बरालले बताए ।
यता, अविरल वर्षासँगै पोखराको विजयपुर खोलाको बहाव बढेको छ ।
खोला आसपास र तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.