0
प्रतिक्रिया
पोखरा । कोरोना संक्रमणबाट पोखरामा ७० वर्षीया महिलाको ज्यान भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा भर्ना भएकी ती महिलामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गरिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत रहेको पाइएको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते उनको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
पछिल्ला समयमा कास्की, बागलुङ र स्याङ्जामा गरी आठ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
गण्डकीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङ, निजी अस्पताललगायत केही क्लिनिकमा पीसीआर परीक्षण हुने गर्दछ ।
गण्डकी प्रदेश सरकारले अस्पतालले कोरोना महामारीकै बीचमा पोखराको लेखनाथमा प्रादेशिक जनरत तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको थियो ।
Copyright © 2024 | All rights reserved.