साउन ०६, २०८२, सोमबार

कांग्रेस नेतामाथि गरिएको कार्वाही पुनरावलोकन गर्न माग (नामावलीसहित)


Advertisement Image
clock icon 5 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् । 

‘कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र संगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दीको प्रभावमा केन्द्रीय संयोजक आनन्दप्रसाद ढुंगानाको नाममा प्रेषित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोशित बनाएको छ’, उनीहरुको माग छ । 

जनतामा ठूला तथा पूराना पार्टीप्रतिको जनतामा वितृष्णता बढिरहेको अवस्था र नजिकिँदै गरेको १५औँ महाधिवेशन तथा आमनिर्वाचनको समयमा विगत तीन वर्ष अगाडि भएको निर्वाचनलाई हालमा आएर भएको अन्यायपूर्ण निलम्बनले नेपाली पार्टीभित्र गुट र अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उनीहरुको जिकिर छ । 

पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषको आन्तरिक स्वार्थ र सत्ता लोलपुताले प्रभावित भई कारबाही गरिएको भन्दै नेताहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

विशेषतः कास्की जिल्ला निवर्तमान सभापति एवं नेता कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का एवं भावना श्रेष्ठलगायत नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएको उनीहरुको जिकिर छ । 

अनुशासन समितिको कार्वाही निर्णयले पार्टी, नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको भन्दै उनीहरुले यो निर्णय फिर्ता लिन माग गरेका छन् ।

नेता कृष्ण केसीलगायत माथि गरिएको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गर्न, निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न नेताहरुको माग छ । 

यो कारबाही पूर्वाग्रही, अन्यायपूर्ण र संगठनको एकतामाथिको चोट पुगेको उल्लेख गर्दै उनीहरुले पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनु पर्ने स्पष्ट पारेका छन्  । 

कार्वाहीको निर्णय नसच्चाए सिङ्गो कांग्रेस कमजोर हुन्छ र विपक्षी बलियो हुने कास्की जिल्ला संगठनलाई ठूलो क्षति पुग्ने उनीहरुको चेतावनी छ । 

मागपत्र र नामावली

Copyright © 2024 | All rights reserved.