0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले बीपी स्मृति दिवसकै अवसर पारेर पोखरामा खुला रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५८ युनिट रगत संकलन भएको सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले नेता सुरजजंग राणालाई व्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य बरालले बीपी कोइरालाको विचार, सिद्धान्त र सेवा भावनाबाट प्रेरित भएर समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
“बीपी केवल राजनीतिक व्यक्तित्व मात्र नभई, मानवताका एक गहना थिए,” उनले भने, “आजको दिनमा हामीले उहाँको विचार र योगदानलाई सम्झनुका साथै व्यवहारमा उतार्नुपर्छ ।”
उनले पार्टी कार्यकर्तालाई बीपीको आदर्शलाई आत्मसात् गरी समाजसेवामा अग्रसर हुन आग्रह गरे ।
सभापति बिजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरु बराल र शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा, कृष्ण केसी, कास्की कांग्रेसका उपसभापति युवराज कुँवर, कास्की क्षेत्र न. २ का सभापति केशरप्रसाद निर्दोषी, वडा न.७ कार्यसमितिका सभापति नवीन बराल, महानगर समितिका कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठ र सचिव टुवराज बास्तोलालगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.