0
प्रतिक्रिया
पाेखरा। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएका थिए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए ।
उनले स्थापना गरेको कम्युनिष्ट पार्टी आल विभिन्न पार्टी र विचारमा विभाजित रहेको छ ।
विसं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा भनेका छन्, 'आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस। श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !'
Copyright © 2024 | All rights reserved.