0
प्रतिक्रिया
पोखरा । कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुनर्गठन भएको छ ।
समितिको अध्यक्षमा लेखबहादुर गुरुङ चयन भएका छन् ।
समिति उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेलप्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ छन् ।
यस्तै सदस्यमा टंकप्रसाद गुरुङ, लीलबहादुर गुरुङ, टाईमाया गुरुङ, तुलप्रसाद गुरुङ प्रकाश, होमन गुरुङ, दिनेश गुरुङ, रमेश विक., लेखप्रसाद गुरुङ र शशी गुरुङ छन् ।
क्षेत्र व्यवस्थापन समिति पार्चे मादी-१ का सचिव गेहेन्द्र गुरुङको अध्यक्षता भएको कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुरुङले पर्यटकीय क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा थप पर्यटकीय गतिविधि संचालन गर्न समितिले सक्रियता देखाउने विश्वास व्यक्त गरे ।
एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की, समाजसेवी लेखबहादुर गुरुङलगायतले बोलेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिति, उप-समिति, होटल व्यवसायी, होमस्टे संचालक, आमा समूह, युवा क्लब, टोल संयोजक सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.