साउन १०, २०८२, शुक्रबार

ध्वनि प्रदुषण गर्ने सवारीलाई नियन्त्रण गर्ने डीएसपी भट्टराईको प्रतिवद्धता


Advertisement Image
clock icon 1 day, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराईलाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले स्वागत गरेको छ । 

हालैमात्र बैदाम प्रहरीको नेतृत्व सम्हालेका डीएसपी भट्टराईलाई एक कार्यक्रमका बीच सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले स्वागत गरेको हो ।

कार्यक्रममा डीएसपी भट्टराइले अनावश्यक ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । स्वरुप परिवर्तन गरेका र ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको उनले स्पष्ट पारे ।

डीएसपी भट्टराईले शान्ति सुरक्षा सबैको सरोकारको विषय रहेको भन्दै पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनि प्रदुषण गरेको गुनासो सुनेपछि आफूले ध्वनि प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए । 

भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षित बनाउन सबैको साथ लिएर अघि बढ्ने भन्दै प्रहरीले गर्नुपर्ने काम कर्तव्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफू लाग्ने प्रतिवद्धता जनाए । 

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बैदाममा हुने गरेका अवान्छित क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए । 

बरालले रात्रिकालीन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानी प्रभावित भएको बताए । उनले लेकसाइडको हल्लनचोकदेखि बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल  लागू पदार्थ दुव्र्यसनीको अखडा बनेकाले नियन्त्रण गर्नुपर्ने बताए । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मङ्गल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मीना भट्टराई लगायतले दण्डहीनता मौलाउँदा शान्तिसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे । 

स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सिना, समाजसेवी नवीन बराललगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ति सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरूले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे ।

Copyright © 2024 | All rights reserved.