0
प्रतिक्रिया
पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।
हाल देशभर पहाडी भूभागमा साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी एक-दुई स्थान, कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा सतर्कता अपनाउन साथै मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.