साउन ११, २०८२, शनिबार

मनसुनजन्य विपद्मा प्रतिकार्यका लागि जुट्याे रेडक्रस कास्की


Advertisement Image
clock icon 16 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले मनसुनजन्य विपद्मा प्रतिकार्यका कामलाई तीब्रताका साथ अघि बढाएको जनाएको छ ।

प्रि-मनसुन तथा मनसुनजन्य विपद्का कारण कास्कीमा भएका विपद्का घटनामा तत्काल खोज तथा उद्वारसँगै प्रभावितलाई स्थलगत रुपमा राहत वितरण गरेको छ ।

सभापति उर्मिला खड्काका अनुुसार पहिरो, बाढीलगायतका विपद्मा भएको मानवीय पीडालाई कम गर्न शाखाले खाद्य तथा गैरखाद्य सामग्री विपद् प्रभावित समुदायलाई वितरण गरिरहेको छ ।

रेडक्रस कास्की शाखामा मन्त्री सन्तोष अधिकारीका अनुसार रेडक्रसले वैशाखमा १८, जेठमा आठ, असारमा २० र साउनमा पाँच परिवारलाई राहत वितरण गरिएको छ ।

यस अवधिमा पोखरा महानगरपालिका वडा नं ५, १३ र १९, मादी गाउँपालिका वडा नं ६ र अन्नपूर्ण गाउँपालिका वडा नं ८ चिमरुङलगायतका क्षेत्रमा राहत वितरण गरिएको छ ।

कास्कीका सरोकारवाला निकाय, सामाजिक संघसंस्थासँगको समन्वय र सहकार्यमा राहत सामग्री संकलन र वितरणलाई प्रभावकारी रूपमा अघि बढाइएको रेडक्रसले जनाएकाे छ । 

यस अवधिमा सिद्धार्थ क्लबसहित असल छिमेकी नेपाल र डेभिजफल क्लबले त्रिपाल सहयोग गरेका छन् ।

रेडक्रसको प्राथमिक उपचार, विपद् व्यवस्थापन, स्वयंसेवक परिचालन तालिमबाट दीक्षित दक्ष जनशक्ति मनसुनजन्य विपद्को घटनामा नियमित र निरन्तर रुपमा जोडिएका छन् ।

Copyright © 2024 | All rights reserved.