असोज ०३, २०८२, शुक्रबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गर्बुजा पक्राउ


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं  ४ दग्नामका केबहादुर गर्बुजालाई प्रहरीले पक्राउ गरेको छ । 

केबहादुर समेतका व्यक्तिले साविक दग्नाम गाविस वडा नं २ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जनाएको छ ।

Copyright © 2024 | All rights reserved.