साउन १६, २०८२, बिहीबार

आज बराह जयन्ती मनाइँदै


Advertisement Image
clock icon 4 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज बराह जयन्ती पर्व मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन बराह (बनेल) को रूप लिएको विषय बराहलगायत पुराणमा उल्लेख गरिएको छ ।

पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरूपी विष्णुले उद्धार गरेको वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको छ ।

यसै सम्झनामा आज बराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी बराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका बराह/बाराही मन्दिरमा भीड लाग्ने गर्छ ।

Copyright © 2024 | All rights reserved.