0
प्रतिक्रिया
पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ धारापानीकी ११ वर्षीया शान्ति मगर मर्स्याङ्दी नदी किनारमा मृत भेटिएकी छन् ।
सोही ठाउँको शिवालय मन्दिरदेखि करिब पाँच सय मिटरमाथि शान्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
साउन २ गते दिदी र साथीसँगै नुहाउने क्रममा शान्तिलाई मर्स्याङ्दी नदीले बगाएको थियो । उनको तत्कालै खोजी गरिए पनि फेला नपरेको र शनिबार शव भेटिएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.