साउन १६, २०८२, बिहीबार

हेमजा लायन्स र लियोले रोप्यो फलफूलका बिरुवा


Advertisement Image
clock icon 4 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका बिरुवा रोपेको छ । पोखरा महानगरपालिकिा वडा नं २५ हेमजास्थित गौरीशंकर माविमा वृक्षरोपण गरिएको हो । 

कार्यक्रम शुभारम्भ गर्दै लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका रिजन चियर पर्सन दिनेश तुलाचनले फलफूलका बिरुवा रोपेर मानव स्वास्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने बताए । उनले यस कार्यले वातावरणीय स्वच्छता तथा आयआर्जनका लागि पनि महत्वपूर्ण योगदान हुने स्पष्ट पारे । 

लायन्स र लियो समाज र मानव सेवाका लागि नै स्थापित भएको भन्दै आगामी दिनमा अझै सक्रिय रुपमासमर्पित हुन आग्रह गरे ।

जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका विरुवा हुर्कदै र फल्दै जाँदा विद्यार्थीलाई पनि अध्ययन र खाजाका लागि उपयुक्त हुने बताए ।
लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहालले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता निकै राम्रो भएको भन्दै प्रशंसा गरे । 

गौरीशंकर माविका प्रधानाध्यापक अमरबहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए ।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले धन्यावाद ज्ञापन, झण्डाको अविवादन सुरेश श्रेष्ठ, लियो प्लेग वाचन कविता त्रिपाठीले गरेका थिए । 

Copyright © 2024 | All rights reserved.