साउन १६, २०८२, बिहीबार

पृथ्वीमानको निधनमा प्रदेश प्रमुखद्वारा शोक व्यक्त


Advertisement Image
clock icon 4 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शोक सन्देश जारी गर्दै  प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गरेका छन् । 

‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी बहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु’ उनले भनेका छन् ।

‘आफ्ना सबल अभिभावक गुमाएका स्वर्गीय गुरूङका शोक सन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समग्र गण्डकी प्रदेशबासी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु’, शोक सन्देशमा भनिएकाे छ। 

गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं. २६, दिव्यनगरमा बस्दै आएका  थिए ।

पछिल्लो समय क्यान्सरसँग लडिरहेका गुरूङको ७६ वर्षको उमेरमा चितवन दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो । उनको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।  

उनले २०७८ साउन १२ देखि २०८० फागुन २८ गतेसम्म गण्डकी प्रदेश प्रमुखकाे जिम्मेवारी सम्हालेका थिए ।

Copyright © 2024 | All rights reserved.