साउन १७, २०८२, शुक्रबार

पोखराका बास्तोला बने नाउपाको कार्यबाहक अध्यक्ष


Advertisement Image
clock icon 4 days, 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराका शिव बास्तोलाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

आफू अस्वस्थ रहेकाले पार्टीको काममा लाग्न नसकेकाले आफूले गर्ने कामको सबै जिम्मेवारी बास्तोलालाई सुम्पिएको अध्यक्ष श्रेष्ठले जनाएकी छन् । 

‘मैले मेरो अधिकार र विधानअनुसार बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुँ’, उनले भनिन् ।

अध्यक्ष श्रेष्ठ पछिल्लो समय घुस अडियो प्रकरणमा मुछिएकी छन् । यही विषयमा छलफल गर्न भन्दै नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । 

नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा ४ र प्रदेश सभामा १२ गरी १६ जना सांसद छन् । 

यस्ताे छ पत्र

Copyright © 2024 | All rights reserved.