0
प्रतिक्रिया
पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरस्थित चुनपहराबाट सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार साँझ ८ः३० बजे सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएसँगै दुवैतर्फ सवारी साधनको लाम लागेको छ ।
प्रहरीका अनुसार सडकको बीच भागमा ठूलाठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरी र ट्राफिक प्रहरी खटाएर सडकका ढुंगा पन्छाउने कार्य भइरहेको छ ।
पहिरो हटाएर राजमार्ग शुरु गराउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । उक्त स्थानमा सडक निर्माण कार्य हालैमात्र सम्पन्न भएको हो । चुन पहरा भत्काउँदा पहिरोका जोखिम हुने भएपछि खोला किनारबाट उकासेर सडक विस्तार गरिएको हो ।
Copyright © 2024 | All rights reserved.