0
प्रतिक्रिया
पाेखरा । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।
नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।
नागपोखरी र टौदह, सिद्धपोखरीलगायत देशभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआराधना गरी मेला लागेको थियो ।
देशभरका वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो ।
नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् ।
आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो ।
Copyright © 2024 | All rights reserved.