0
प्रतिक्रिया
लमजुङ । पहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक पूर्णरुपमा सुचारु भएको छ ।
सोमबार राति लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ४ हावाडाँडास्थित सडकमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको थियो ।
प्रहरी र सरोकारवाला निकायको करिब पाँच घण्टाको प्रयासमा पहिरो पन्छाइएर आज दिउँसो १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था बुझेर मात्रै उक्त सडक प्रयोगका लागि प्रहरीले आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.