0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २७ मा ज्येष्ठ नागरिक सेवा समाज नेपालको अध्यक्षमा राममणि भट्टराई चयन भएका छन् । समाजको दोस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समिति उपाध्यक्षमा रमादेवी पौडेल, सचिवमा कलाधर सापकोटा, सह–सचविमा नारायण सापकोटा र कोषाध्यक्ष भरतराज भट्टराई छन् ।
समितिको कार्यसमिति सदस्यमा भरतराज भट्टराई, रोमनाथ न्यौपाने, चूणामणि ढुंगाना, दण्डपाणि पौडेल, वीरबहादुर गुरुङ र नन्दलाल विक छन् ।
समाजको सल्लाहकार समितिमा पोखरा-२७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष प्रयागराज भण्डारी, स्थानीय समाजसेवी मेघमणि सुवेदी, रामनरेश यादव, ज्ञानेन्द्र अधिकारी र माधव अधिकारीलाई चयन गरेको छ ।
कार्यक्रममा पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले ज्येष्ठ नागरिक समाजका ऐना भएकाले उनीहरुको अनुभवलाई समाजको विकासका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
पोखरा-२७ का कार्यवाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले ज्येष्ठ नागरिक समाजका लागि जिउँदो ईतिहास भएकोले उनीहरुलाई सामाजिक रुपमा सम्मान र घर परिवारमा उचित रुपमा रेखदेखको वातावरण मिलाउन सक्नुपर्ने बताए ।
Copyright © 2024 | All rights reserved.