साउन १६, २०८२, बिहीबार

पोखराको सिद्ध मविको अक्षयकोषमा शिक्षासेवी थापाद्वारा रकम सहयोग


Advertisement Image
clock icon 20 hours, 39 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित सिद्ध माविको अक्षयकोषमा कालिका मावि रामबजारका पूर्वप्रधानाध्यापक प्रेमबहादुर थापाले २५ हजार पाँच सय रुपैयाँ थप गरेका छन् ।

पितृ उद्धार तथा घरपरिवारका छोरा, बुहारी, नातिनातिनीको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्य कोर्ने उद्देश्यका साथ रकम सहयोग गरिएको सहयोगदाता थापाले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेलले शिक्षा जस्तो पवित्र क्षेत्रमा दान गरेकामा थापाप्रति आभार  व्यक्त गरे । 

अध्यक्ष पौडेलले अक्षयकोषको रकमको मूल धन खर्च नहुने र ब्याजबाट आउने रकम समग्र शैक्षिक उन्नयनमा खर्च गरिने बताए ।

उनले “सिद्ध मा.वि.अक्षयकोष निर्देशिका-२०७५ अभियान” मा सहभागी हुन अपिलसमेत गरेका छन् । पौडेलले अक्षयकोष कुनै सामाजिक संस्था, आफ्नो नाम एवं परिवारको नाममा राख्न सकिने व्यवस्था पनि मिलाइएको बताए ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित एकमात्र सामुदायिक विद्यालय सिद्ध माविमा गरिब, विपन्न परिवारका बालबालिका अध्ययनरत छन् ।

विद्यार्थीको शैक्षिक सुधार र विद्यालयको शैक्षिक विकास र परिवर्तनका लागि बालबालिकालाई छात्रवृत्ति, शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले विद्यालयमा अक्षयकोष कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक गुरुदत्त कोइरालाले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.