साउन १६, २०८२, बिहीबार

परराष्ट्रमन्त्री डा. आरजू आज पोखरा आउने


Advertisement Image
clock icon 19 hours, 17 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल सरकारका परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजू राणा देउवा आज पोखरा आउने भएकी छन् । 

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन एवं तरुण युवाहरुको सरोकार’ विषयक अन्तरक्रियामा सहभागी हुन डा. राणा पोखरा आउने भएकी हुन् ।

कार्यक्रम आज दिउँसो ठीक १२ः१५ बजे पोखरा महानगरपालिका वडा नं प्रस्याङस्थित ताजमहल पार्टी प्यालेसमा हुनेछ । 

कार्यक्रमको सबै तयारी पूरा भएको तरुण दल कास्कीले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस र तरुण दलका विभिन्न तहका नेता सहभागी हुने बताइन्छ । 
 

Copyright © 2024 | All rights reserved.