0
प्रतिक्रिया
पाेखरा । माछापुच्छ्रे क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत अर्थात् एक करोड ४३ लाख १६ हजार नाै सय ७५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले भदौ ६ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्म नाफा/नोक्सान तथा नगद प्रवाहलगायत सम्पूर्ण वित्तीय विवरण पारित गर्नेछ ।
साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
यस्तै, संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ ।
Copyright © 2024 | All rights reserved.