भदौ ०४, २०८२, बुधबार

विशेष परिस्थितिले कांग्रेस-एमाले सरकार गठन : कावा प्रधानमन्त्री सिंह


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धन सरकार विशेष परिस्थितिले गठन भएको बताएका छन् । 

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको स्पष्ट पारे ।

उनले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको भन्दै राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्नेमा जोड दिए । 

पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।
    
पार्टीबाट लिनेभन्दा पनि योगदान गर्नसक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्नसक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याए ।

पार्टीलाई नियमसङ्गत ढङ्गले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताए ।
    
हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उनको भनाइ छ । 

हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उनले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताए ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई विर्सदै जाँदा पार्टी सङ्गठन कमजोर बनिरहेको बताए । 

पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढङ्गबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

Copyright © 2024 | All rights reserved.