0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा माहानगरपालिका वडा नं.२७ रिठेपानी लामटार बस्ने २४ बर्षीय राजन गुरुङ छन् ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ रिठेपानी लामटारबाट गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङको साथबाट लागूऔषध बुप्रिनर्फिन दुई सय ५८ एम्पुल, डाईजापाम दुई सय २४ एम्पुल र फेनरागन एक सय ७६ एम्पुल गरी कूल छ सय ५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.