असोज १८, २०८२, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय बिहान ८ बजे नै खुल्ने


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्रका लागि बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । उक्त सेवा यही साउन २२ गतेदेखि शुरू हुने बताइएको छ ।  

जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेकाले साउन २२ गतेदेखि बिहान ८ बजेबाटै सेवा सुरु गर्ने निर्णय गरेको जनाएको छ । 

सूचनामा भनिएको छ, ‘सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ । यस वर्षदेखि नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ ।’

सेवाग्राहीको अत्यधिक चापका कारण सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएपछि समय विस्तार गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

सूचनाअनुसार साउन २२ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइनेछ । यो व्यवस्थाले सेवाग्राहीलाई सहज रूपमा सेवा लिन सजिलो हुने प्रशासन कार्यालयको विश्वास छ ।

कार्यालयका अनुसार बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि भत्ता नवीकरण हुने व्यवस्था छ । तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका सेवाग्राही पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थप बढेको हो ।

यस्तो छ सूचना

Copyright © 2024 | All rights reserved.