भदौ ०४, २०८२, बुधबार

पोखरामा शंकरको जटाबाट निस्कन्छ जलधारा


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोेखरास्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशयभित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधारा शुभारम्भ गरिएको छ ।

विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा जलधारा निर्माण गरिएको हो । 

उक्त जलधारा शुभारम्भ गर्दै केदारेश्वर महादेवमणि मन्दिरका पिठाधीश चिद्घन चैतन्यले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्ममात्र सार्थक हुने बताए । उनले धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पारे ।

धर्म कुनै व्यक्तिको काम र कर्तव्यबाट प्राप्त हुने भन्दै भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौँ दान गरे पनि मनमा शान्ति र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पारे ।

धर्म र संस्कृति भनेको राष्ट्रको मूल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततलाई धर्मको बारेमा सिकाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललाई पत्रकारिता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, प्राडा जग्गनाथ रेग्मीलगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोलेका थिए ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको विद्यालयमा हाल दुई सय ६० जना विद्यार्थी अध्ययनरत छन् । 

७० जना विद्यार्थीलाई निःशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । 

गुरुकुल शिक्षाको संवर्द्धन र प्रवर्द्धनका लागि विद्यालयले स्थापना गरेको अक्षयकोष हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको बताइन्छ ।

विद्यालयमा वेद कर्मकाण्डलगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुने भएकाले विद्यार्थीको संख्यामा बढ्दै गएको प्रधानाध्यापक सिग्देलको भनाइ छ ।

Copyright © 2024 | All rights reserved.