0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ रामघाटस्थित गीता अध्ययन मण्डलको अध्यक्षमा डा. प्रेमप्रसाद उलक निर्वाचित भएका छन् । संस्थाको ४६औं साधारणसभा तथा ३८औं अधिवेशनले उलकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा वजिरमान श्रेष्ठ, उपाध्यक्षमा प्रेमप्रसाद कर्माचार्य, सचिवमा शिवप्रसाद गौतम, सहसचिवमा पुष्प गौतम, कोषाध्यक्षमा शंकर गौतम छन् ।
यस्तै, कार्यसमिति सदस्यमा ऋषिराम सापकोटा, रामबहादुर केसी, कृष्ण केसी, पवन गौतम, मीना गिरी, लक्ष्मी तिमिल्सिना, प्रेमप्रसाद गौतम छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले रामघाट क्षेत्र आँफैमा पवित्र स्थान रहेको र गीता झनै पवित्र रहेको हुँदा सबैले त्यही रुपमा बुझ्नुपर्नेमा जोड दिए ।
संस्थाका कार्यवाहक अध्यक्ष डा. प्रेमप्रसाद उलकले गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीका कुरुवाका साथै पोखरामा धार्मिक पर्यटनका रुपमा देशका विभिन्न स्थानलगायत भारतबाट समेत आउने धार्मिक तीर्थयात्री बास बस्नका लागि गीता आश्रमको परियोजना ल्याइएको बताए ।
पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले गीता आश्रमका लागि आफूहरु स्थानीय तथा प्रदेश सरकारसम्म सहयोगका लागि प्रस्ताव लिएर गएको बताए ।
पोखरा महानगरपालिकाले संस्थाको परियोजनाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको र प्रदेश सरकारले पनि अर्को वर्ष बजेट विनियोजन गरिदिने आश्वासन दिएको बताए ।
पूर्वसांसद कृष्णप्रसाद आचार्यले करिब चार करोडको लागतमा तयार हुन लागेको गीता आश्रमका लागि लाग्ने खर्चको २० प्रतिशत आफूले ब्यर्होने प्रतिवद्धता जनाए ।
कार्यक्रममा रवीन्द्र माकाजु, अनिता तिमिल्सिना, दीपकबहादुर थापालगायतले बोलेका थिए ।
डा. उलकको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पवन गौतमले सञ्चालन र कार्यसमिति सदस्य बजिरमान श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा ज्योती गुरुङ, लीलाधर आचार्य र तोयानाथ गौतमलाई सम्मान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.