0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित पर्यटकीय क्षेत्र काहुँ धरहरा परिसरमा लालीगुराँसका विरुवा रोपिएको छ ।
धारापानी सामुदायिक वन उपभोक्ता समितिको रोहवर तथा सहयोगी संस्था हट फर अर्थ फाउन्डेसन, लायन्स क्लब अफ मर्दी हिमाल र वैदेशिक रोजगार शाखा संरक्षण सङ्घ कास्कीको सहयोगमा लालीगुराँसका ५५ वटा विरुवा रोपिएको हो ।
अभियन्ता ढाकाराम लामिछानेको ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’, ‘हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने नाराका साथ उक्त कार्यक्रम भएको हो ।
वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-११ का जनप्रतिनिधि विष्णुप्रसाद घिमिरे, सामुदायिक वनका अध्यक्ष कुमार क्षेत्री, हटफर अर्थ अध्यक्ष पवन पाठक, लायन्स क्लब अफ मर्दी हिमालका अध्यक्ष रमेश कुमार गुप्तालगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.