0
प्रतिक्रिया
पाेखरा । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
यस अघि मंगलबार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तोलाको एक लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर दुइ हजार तीन सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको दुइ हजार दुइ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2024 | All rights reserved.