भदौ ०४, २०८२, बुधबार

स्याङ्जामा गायक पशुपति शर्मा सवार कार दुर्घटना


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।

पोखराबाट वालिङ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएको जानकारी दिएको छ ।

स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो । 

गायक शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । 

 

Copyright © 2024 | All rights reserved.