0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ आँपुभञ्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गरे ।
उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।
आफूले पढ्दा यस्तो वातावरण नपाएको स्मरण गर्दै पुनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि हाल विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।
कालिका बाल क्लबद्वारा प्रकाशित पत्रिका हालका लागि मासिक रूपमा प्रकाशन गरिने विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले जानकारी दिए ।
पत्रिकाको सम्पादन मण्डलमा सफला सुनार, मञ्जिता गुरुङ र कृतिका केसी छन् ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई अध्यक्ष पुन र आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए ।
सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.