भदौ ०४, २०८२, बुधबार

नेपाल भुटानसँग बराबरीमा रोकियो


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

बुधबार भुटानमा सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरीमा रोकिएका हुन् । दुवै गोल खेलको पहिलो हाफमा भएका थिए ।

नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।

अब नेपालले अर्को खेल शुक्रबार साउदी अरेबियासँग खेल्ने तालिका छ भने भुटानले पनि शुक्रबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।

त्यस्तै नेपाल रहेको समूह ए अन्तर्गतकै आज सम्पन्न पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेको थियो ।

आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समूहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।

१२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

Copyright © 2024 | All rights reserved.