असोज १८, २०८२, शनिबार

बिमिरेभञ्ज्याङमा सुख्खा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लमजुङको बिमिरेभञ्ज्याङमा सुख्खा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ९ बिमिरेभञ्ज्याङमा आज बिहान करिब ७ः३० बजे सडक माथिबाट पहिरो खसेर लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा हाललाई वैकल्पिक मार्ग प्रयोग गरिदिन प्रहरीले आग्रह गरेको छ । 

Copyright © 2024 | All rights reserved.