0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
बुधबार तोलामा एक लाख ९८ हजार चार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ ।
बुधबार तोलामा दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बिहीबार बढेर प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.